रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले एकलाख रुपैया भन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ ।
राष्ट्रीय बनबाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका १ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधवार साँझ प्रहरिले बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।