काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख प्याट्रिक सान्डर्स र प्रधानसेनापति प्रभुराम शर्माबीच मंगलबार भेटवार्ता भएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा दुई मुलुकबीच सदियौंदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुर सम्बन्धलगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भेटघाटअघि बेलायतका सेनाप्रमुख सम्मानमा जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। बेलायती सेनाप्रमुख माघ १५ देखि २० सम्मको भ्रमणमा आएका हुन्।




















