काठमाडौँ । वेस्टइण्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन वेस्टइण्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै सिरिज बराबरी गरेको हो ।
वेस्टइण्डिजले दिएको २१७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०७ रन बनाएर अल आउट भएपछि खेल ८ रनले हारेको हो ।
यस टेस्टमा वेस्टइण्डिजले पहिलो इनिङमा ३११ रन बनाएको थियो भने दोस्रो इनिंगमा १९३ रन बनाएर आउट भएको थियो ।
त्यस्तै अस्ट्रेलियाले पहिलो इनिङमा २८९ रन बनाएर पारी घोषणा गरेको थियो भने दोस्रो इनिंगमा २०७ रन मनाएको थियो ।
योसँगै अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।पीएम कपमा आज दुई खेल
काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।
आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदैँछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै, एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ६ खेलमा एक जित र ५ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

























