उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हेनमा रौतामई गाउँपालिका ७ का ३८ वर्षीय तुलसी मङराती रहेका छन् ।
बुधबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकललाई ठक्कर दिँदा मङराती गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका- १० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।






















