रौतहट । बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरीका कारण रौतहटको जनजीवन प्रभावित भएको छ।
बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुदनु पर्ने अवस्था आएको छ। हुस्सु र शितहरीका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन् । चिसोका कारण रौतहटको ग्रामिण जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
दुई दिनबाट बढेको चिसोका कारण रौतहटसहित मधेसको जनजीवन प्रभावित भएको हो । रौतहटमा पर्ने पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधानलाई बत्ति बालेर बिस्तारै कुदाउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले बताए ।
























