काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुनसहित श्रीलंकाली नागरिक पक्राउ परेका छन् । शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकाली नागरिक ४५ वर्षीया कान्था माथा काभास्करले ब्राभित्र प्लास्टिकले बेरेको ५ सय ग्रामका दुई थान र कट्टुभित्र स्प्रे गरेको अवस्थामा ३ सय ग्राम सुन ल्याएकी थिइन् ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनलाई पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले बताएका छन् ।