काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन् ।
शनिबार चितवनको नारायणगढमा उद्योग बाणिज्य सघ चितवनको ५७ बार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले घर जग्गाको कारोबार, सेयर बजारको अवस्थालाई हेर्दा अर्थतन्त्र बिस्तारै लयमा फर्कदै गएको संकेत देखिएको बताएका छन् ।
अहिले देशमा विप्रेषण बढ्दै गएको र पर्यटक आगमन बृद्धि हुदै गएकाले नकारात्मक कुरा मात्रै नभई देशको यथार्थ कुरा बाहिर आउनुपर्ने धारणा राखेका छन् । उनले मुलुकमा व्यापार व्यवसायहरु विस्तारै चलायमान हुँदै गएको र लगानी पनि भित्रन थालेको दावी गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग बाणिज्य महासघको धेरै प्रयास पछि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा फरक आएको बताएका छन् । उनले महासंघको आग्रहमा गरीएको सर्बपक्षीय बहस र भेला पछि बित्तिय सस्थाहरुबाट लिएको कर्जाको ब्याज घटेको बताए ।
सो अवसरमा उद्योग बाणिज्य संघद्वारा स्थापना गरिएकोे आर्थीक पत्रकारीता पुरस्कार पत्रकार सुर्य अधिकारी र सन्तुदेवी हिरालाल प्रधान युवा उद्यमी पुरस्कार युवा उद्यमी सन्दीप पौडेललाई प्रदान गरीएको छ ।

























