काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । बिहिबार एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसामा कारोबार भएको थियो ।
अघिल्लोदिनको तुलनामा बिहिबार ७ पैसाले घटेको हो ।
यस्तै, युरोपियन युरो ८१ पैसाले घटेको छ ।
आज युरो एकको खरिदमा १४५ रूपैयाँ २२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ।
बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ६९ पैसा तोकिएका थियो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहिबार १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ अघिल्लो दिनको तुलनामा ७१ पैसाले बढेको हो ।
बुधबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा कायम गरिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।
त्यसैगरी, क्यानेडियन डलरको भाउ पनि घटेको छ । डलर ८४ पैसाले घटेर एक क्यानेडियन डलरको खरिदमा भने ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ८ पैसा तोकिएको छ ।
बुधबार क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।
यस्तै, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६४ पैसा कायम छ। राष्ट्र बैंकले आज एक साउदि अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ७१ पैसा र बिक्रीदर २८ रूपैयाँ ८४ पैसा पाइन्छ।
बिहिबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १८ पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २६ पैसा तोकिएको छ ।