काठमाडौँ । जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन् । बुधबार दिउँसो म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएको प्रहरीले जनाएको छ ।
डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित अन्य पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि अदालत लगेको थियो ।




















