सियोल । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ ।
पत्रकार सम्मेलन गरिरहँदा उनी माथी यो आक्रमण भएको हो ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा आक्रमण गरिएको थियो ।
जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमण गर्दै थिए, जब एक अज्ञात व्यक्तिले पत्रकार सम्मेलनको क्रममा उनको घाँटीको देब्रे भागमा हतियारले आक्रमण गरे । योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्विरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो ।
दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो । त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए । यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।
























