पर्सा । पर्साको नारायणी रंगशाला जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनलमा सन्दीप लामिछानेलाई टिम बाहिर राखिएको छ।
पर्सा- ११ को कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा टिम बाहिर राखिएको हो।
शुक्रबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन्।
सन्दीपले यस प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएका थिए।