काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गाली लागि घाइते भएका एक युवाको मृ्त्यु भएको छ भने अर्का एक युवाको अवस्था गम्भीर रहेको बताइएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित बनेका युवाहरुमाथिले श्रम मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका थिए । प्रहरीले दर्जन बढी युवाहरू पक्राउ गरेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवाको किष्ट अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको र एक युवाको अवस्था चिन्ताजनक रहेको स्रोतले बताएको छ । मृत्यु हुने युवा डोटी निवासी २२ वर्षीय युवक वीरेन्द्र शाहको भएको बुझिएको छ ।




















