काठमाडौं । सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
बुधबारको तुलनामा बिहीबार १ हजार ३०० सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो।
यसअघि १८ मंसिरमा १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । यसलाई तोड्दै बिहीबार नयाँ रेकर्ड कायम गरेको हो ।