काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ पूर्ण रुपमा सफल भएको बताएका छन् ।
पार्टीले मंसिर १४ देखि पुस १ गतेसम्म गरेको संकल्प यात्राको आइतबार पत्रकार सम्मेलनमार्फत समीक्षा र सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले संकल्प यात्राका क्रममा जनताको असाधारण सहभागिता देखिएको बताए ।
एमालेप्रति जनतामा उत्साह देखिए वताउँदै अध्यक्ष ओलीले समृद्धिका लागि संकल्प यात्राले जनतामा सकरात्मक प्रभाव पारेको विश्वास व्यक्त गरेका छन् ।
जनतामा देखिएको निराशालाई केही भएपनि चिर्ने काम संकल्प यात्राले गरेको वताउँदै अध्यक्ष ओलीले राजनीतिक रुपमा देखिएका गलत भास्यलाई असान्दर्भिक बनाइदिएको बताएका छन् ।
अध्यक्ष ओलीले भनेका छन् – “कोही कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्ने भाष्यहरूलाई असान्दर्भिक बनाइदिएको छ, सामाजिक सद्भाव, एकता बिथोल्ने खालका चेतना सम्भव छैन ।’