काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा कायम हुँदा राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ९० रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९० रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर १०० रूपैयाँ तथा बिक्री दर १०० रूपैयाँ ४५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।