जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको छ ।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै स्थानीयले बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् ।
गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । उनको एउटा हातमा गोली लागेको बताइएको छ ।

























