काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, सीप बिकास तथा रोजगार समितिको उपसभापतिमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् ।
समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा आरोरा ह्युमेन रिसोर्स प्रा.लि.का सञ्चालक भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे र काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नियुक्त भएको महासंघले जनाएको छ ।
त्यस्तै, नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपालका महासचिव तथा सिंहदरवार डटकमका नारायणप्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नवप्रवर्तनविज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल सदस्यमा नियुक्त भएका छन् ।
यस्तै समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा. डा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी नियुक्त भएको महासंघले जनाएको छ ।