काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा गैरधार्मिक व्यक्तिलाई नियुक्ति गरेको भन्दै गौशालामा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल सनातन धर्म संस्कृति संगठनहरूले पर्यटनमन्त्री सुदन किराँतीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले माओवादी समर्थित पत्रकार लक्ष्मी पुनलाई पशुपति विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यससँगै विभिन्न समयमा नियुक्त भएका तीन सय बढी सल्लाहकार खारेज गरिदिएको थियो।
त्यसकै विरोधमा हिन्दूवादी संगठनहरूले विरोध प्रदर्शन गरेको हो। उनीहरूले मन्त्री किरातीको राजीनामा माग गरेका छन् ।
मन्त्री किरातीले क्रिस्टियनहरूको कार्यक्रममा दिएको अभिव्यक्तिको समेत उनीहरूले विरोध गरेका थिए । उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नुसरह रहेको बताएका थिए ।























