काठमाडौं । सेयर बजारले उछालको यात्रालाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा सेयर कारोबारोको चौथो दिन बुधबार पनि कायम रह्यो।
नेप्से परिसूचक ३५.३९ विन्दुले बढेर २१४१.८७ विन्दुमा कायम भएको छ। यसअघि नेप्से परिसूचक आइतबार २८ , सोमबार ३८.१४ र मंगलबार ४५.९८ अंकले बढेको थियो ।
सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढेर ४०२.६३ विन्दुमा पुगेको छ।
यसदिन ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर १ लाख ११ हजार ७२३ पटकको कारोबारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले बढेको बजारमा १५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,हिमालयन डिस्टिलरी,फर्वाड माइक्रो फाइनान्स,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र लिबर्टी इनर्जी कम्पनी कमाउने पाँच शीर्षभित्र परे ।