काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।बिमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बिमा गरिसकेपछि भुक्तानी लगाएतमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन ।
जोखिम न्यूनिकरण गर्नका लागि बिमाको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइनसकेको भन्दै उहाले बिमा सचेतनाको आवश्यकता रहेको बताए । बिमा गरिसकेकाहरुलाई आपत पर्दा विमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बिमा विस्तारमा अवरोध पुराउने उनको भनाइ छ ।
अर्थमन्त्री महतले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन सुझाव दिएका छन् ।
बिमा सर्भेयरहरुले कुनै प्रभावमा नपरि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

























