काठमाडौं । नेप्से परिसूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजको सेयर कारोबार बन्द भएको छ ।
आइतबार बजार खुलेदेखि नै लगातार बढ्न थालेको नेप्से परिसूचक डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।
नेप्से पहिलो एक घण्टामा ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि, दुई घन्टामा ५ प्रतिशतले बढे ४० मिनेटका लागि र ६ प्रतिशतले बढे दिनभरका लागि कारोबार बन्द हुने व्यवस्था छ।
आज कूल ९ मिनेटमा मात्रै सेयर कारोबार भयो।
नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेपछि सेयर बजारमा उछाल आएको लगानीकर्ताहरू बताउँछन्।
राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएपछि बजारमा उत्साह देखिएको हो।
मौद्रिक नीतिको समीक्षा सेयर धितो कर्जाको जोखिम भार १२५ मा झारेको छ ।