काठमाडौं । सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २०० रुपैयाँ बढेर छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेर तोलामा २ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।