पोखरा । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ ।
झुलाघाटबाट आरम्भ भएको `संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ।
यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।