काठमाडौं । व्यूटी पार्लरले महिलाहरुको सौन्दर्यमा निखारता ल्याउने काम गरेको छ भने महिलाहरुलाई स्वरोजगार पनि बनाएको छ । यस्तै महिलाहरुलाई सुन्दर बनाउने देखि स्वरोजगार बन्न तालिम समेत प्रदान गर्दै आएकी छिन सरस्वती श्रेष्ठले ।
काभ्रेकी सरस्वतीले काठमाडौंको मैतिदेवी घट्टेकुलोमा एउटा सटरमा व्यूटी पार्लर सञ्चालन गरेर महिलाहरुको सौन्दर्य थप्ने काम गर्दै आएकी थिइनु । उनले अब आफू जस्तै महिला दिदी वहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले मैतिदेवी डिल्लीबजार सडकमा सडकमा अझ फराकिलो ठाउँमा सारेर आफ्नो पार्लरलाई विस्तार गर्दै तालिम केन्द्र समेत सञ्चालन गर्न शुरु गरेकी छिन् ।
उनले केही दिनअघि ‘समृद्धि व्यूटि होम’ (मेक अफ तथा तालिम केन्द्र) को उद्घाटन आफ्नै छोरी समृद्धि श्रेष्ठबाट गराएकी छिन् । सरस्वती आफू स्वरोजगार त भएकी छिन् नै अरु महिलाहरुलाई पनि रोजगार दिएकी छिन् भने स्वरोजगार बनाउन तालिम पनि दिइरहेकी छिन् । नयाँ ठाउँमा पार्लर तथा तालिम केन्द्र उद्घाटनका अवसरमा नेल टेक्निसियनको तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
समृद्धि व्यूटि होममा थ्रेडिङ, टेम्पोरी, स्टेड, रड कर्ली, आईरन, हेयर पाटेशन, जुरोलगायतका सौन्दर्य सम्वन्धी सम्पूर्ण कामका साथै अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल, मेकअप, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका व्यूटीपार्लर सम्वन्धी दक्ष र अनुभवी प्रशिक्षिकबाट सुलभ शुल्कमा थेउरी र प्राक्टिकल तालिम दिइने सञ्चालक सरस्वती श्रेष्ठले बताइएकी छिन् ।