काठमाडौँ । सुनको मूल्यले हालसम्मकै उच्च भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो । शुक्रबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।