काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले धेरै ब्याज लिने बैंकविरुद्ध उजुरी दिन आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धेरै ब्याज असुल्ने जुनसुकै बैंकविरुद्ध उजुरी दिन आह्वान गरेका हुन् ।
गर्भनर अधिकारीले नियमविपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर आउने उद्योगी-व्यवसायीहरूको उजुरीमाथि अनुगमन गरेर ब्याज फिर्ता गराउने प्रतिवद्धतासमेत जनाए ।
उनले अघिल्लो वर्ष प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराइएको उदाहरण दिए ।