गुल्मी । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बाँके खजुरा ७ घर भई मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँलाई नचन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् भने खाँ ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए ।
मनिषा खेतमा खेतालालाई सुर्ती पुर्याउने जाने क्रममा कार्तिक १६ गते खाँले फकाई मस्जिदभित्र लगेर बलात्कार गरी हत्या गरेर सोही राति नजिकैको हुग्दीखोलामा फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । १६ गतेबाट हराइरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेकी थिइन् ।