काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांशसुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन र बुधबार बुकक्लोज गर्न लागेको बैंकले जनाएको छ ।
जसअनुसार मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । मंगलबारसम्म सेयर खरिद गरेका सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउने छन् ।
२८ मंसिरका लागि बैंकले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।