काठमाडौं । आजबाट दुत बस सेवा सूरू हुने भएको छ । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । ३६ बसले दुत सेवाको सुबिधा दिनेछन् ।
गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दशैं यता बन्द भएको थियो । तर, अहिले पुन थप रंगरोगन गरि तथा सडक सुचना बोर्ड थप राखेर यो सेवा पुनस् सञ्चालनमा ल्याईएको हो ।
ती बस आज बिहान साढे ८ बजेदेखि तीनरतीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।
यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५र५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे ।




















