काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले आज हेर्न नभ्याउनेमा परेको छ ।
आज न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले चुडालको एकल इजलासमा रहेका सबै मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।
चैत २७ को मन्त्रिपरिषद बैठकले गरेको टिकटक प्रतिबन्ध लगाउने निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।




















