काठमाडौं । नेकपा एमालेका ११०० स्वयंसेवक भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका छन् । उनीहरुले भग्नावशेषको व्यवस्थापन र अस्थायी घर टहरा निर्माण गर्ने बताइएको छ ।
विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालित भएका हुन ।
२५ जनाको दरले ४० टुकडीमा विभाजन भएर विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदानमा खटिने प्रमुख पौडेलले जानकारी दिएका छन् । एमालेका स्थानीय कमिटीहरू तथा जिफण्ट्को टोली यसअघि नै मैदानमा खटिएका छन् ।
१५ दिनसम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने प्रमुख पौडेलले बताएका छन् ।