महोत्तरी । ज्योतिषहरुले किन गलत भबिस्यबाणी गर्छन ? के फेसवुकमा लाइभ बसेर गर्ने भबिस्यबाणीमा सत्यता छ ? पछिल्लो समय राजतन्त्र र गणतन्त्रको नाममा भएका भबिस्यबाणी के हुन ?
आइतबार महोत्तरीको एक होटलमा ज्योतिषीहरुको राष्ट्रिय बृहत भेलाका बिचमा यस्ता अनेकौ प्रश्नहरु राखिए ।
यही क्रममा लक्ष्मण भण्डारी जुरुक्क उठे अनि एकैपटक भने, `यी सबै प्रचारप्रसारको लागी गरिएका फेक कुराहरु हुन ।´
झापावाट कार्यक्रममा सहभागी हुन आएका अर्का ज्योतिषी अर्जुन उप्रेतिले ज्योतिषीको बिषयमा सामाजिक सञ्जालमा सरकारको नियमन हुन नसक्दा विकृतिहरु बढदै गएको धारणा राखे । ज्योतिषशास्त्र विज्ञानसम्मत भएको र बैदिक ज्योतिषको नाममा बिकृतिहरु बृद्धि हुँदै गएको उनिहरुले एकसाथ तर्क गरेका छन् । उनीहरुले यी तर्क गरे पछी कुन चाँही ज्योतिषको फलादेश सतप्रतिशत हो ? भन्ने बिषयमा अथितिहरुले यसभित्रको भिन्नता बुझ्न खोजे । त्यसपछी उक्त छलफलमा ज्योतिषी भित्रको कृष्णमुर्ती पदतिको विषयमा लामो छलफल भयो ।
बैदिक ज्योतिषीहरु राशिमा आधारित हुने र कृष्णमुर्ती ज्योतिषीहरु नक्षत्रमा आधारित हुने भएकाले कृष्णमुर्ती पदती सबैभन्दा प्रभावकारी भएको उनीहरुले निष्कर्ष पेश गरे । अथितिहरुले उनीहरुका कुरा अझै पत्याउन सकेनन । त्यसपछि कृष्णमुर्ती पद्दतिको बैज्ञानिक आधारहरु के -के हुन भनेर हलमा उत्तर खोज्न थालियो ।
झापावाट आएका बुद्धि भट्टराईले आफू विज्ञानको विद्यार्थी भएको र कलेजमा केमिस्ट्री पढाउने गरेको परिचय दिदै ज्योतिषमा कृष्णमुर्ती पदती विज्ञानसंगत भएको दाबी गरे । छिटो, छरितो र सरलसगैँ ९ ग्रहमा आधारित हुदाँ यसभित्र थुप्रै बैज्ञानिक आधारहरु भएको तर्क पेश गरे । भट्टराईको कुरा सकिन नपाउदै कृष्णमुर्ती ज्योतिष परिषदका केन्द्रिय उपाध्यक्ष देविप्रसाद सुवेदीले उनका र्कहरुमा ऐक्यबद्धता जनाउदै प्रमाणित भएका हरेक तथ्यहरु बैज्ञानिक भएको बताए ।
`त्यसैले यो कृष्णमुर्ती पदती पनि तथ्यमा आधारित भएकाले वैज्ञानिक छ,´ उनले भने । कृष्णमुर्ती दक्षिण भारतका प्रख्यात भबिष्यवेता हुन । राशिमा आधारित बैदिक ज्योतिष भन्दा नक्षत्रमा आधारित ज्योतिष प्रभावकारी र बिस्वसनिय भएको उनले निष्कर्ष निकालेकाे जानकारी दिइएकाे छ ।
भारतमा ज्योतिषहरुले अहिले कृष्णमुर्ती प्रक्रिया नै अवलम्बन गर्दै आएका छन । नेपालका प्रसिद्ध ज्योतिषी लक्ष्मण भण्डारीले कृष्णमुर्ती अर्थात नक्षत्रमा आधारित ज्योतिषी विद्याको गहन खोजी गरेका थिए । खोजीका क्रममा अत्यन्त प्रभावकारी भएको निष्कर्षमा पुगे पछी उनले नेपालमा पनि यसकाे सुरुवात गर्न अभियान नै चलाए ।
सामाजिक संजालका माध्यमवाट र प्रत्यक्ष भेटेर रुचि भएका व्यक्तिहरुलाई यो विद्या सिकाउन तिर लागेकाे जानकारी पनि दिइएकाे छ । यही क्रममा दिक्षित भएका ज्योतिषीहरुलाई समेटेर कृष्णमुर्ती ज्योतिष परिषदको जन्म भएको हो । यसकाे अध्यक्ष स्वयम् भण्डारी छन । कृष्णमुर्ती प्रक्रिया अन्तर्गत २ सय भन्दा बढी ज्योतिषीलाई पढाई सकिएको बताउदै ज्योतिषी भित्रका बिकृतिहरुलाई चिर्दै बिस्वसनियता कायम गर्न यो नै उत्तम भएको भण्डारीको भनाई छ ।
कृष्णमुर्ती ज्योतिषी मात्र नभएर पुर्विय बिज्ञान नै भएको कतिपय ज्योतिषीहरुको तर्क छ । ग्रहका कारण प्रतिफल योग भएकाहरुले जिम्मेवारी भन्दा बाहिर गएर सेवा गर्नुपर्ने बताउछन । जस्तै बाबू-आमाको पालनपोषण जिम्मेवारी भएको हुदाँ यसलाई सेवा भन्न नमिल्ने तर अनाथ, असहायहरुलाई गर्ने सहयोग भने सेवा भएको ज्योतिषीहरु बताउँछन । यस्ता कर्म गरे ग्रह अनुसार रहने दशा समेत न्यूनीकरण हुने उनिहरुको भनाई छ ।
बैदिक अध्ययन गरेर ज्योतिषी बन्न नसक्ने बताउदै नक्षत्रको अध्ययन अनिवार्य भएको कृष्णमुर्ती ज्योतिष परिषदको ठहर छ ।
ज्योतिषशास्त्रको बिषयमा युरोपियनहरुले नेपालको नै प्राचीन, बैदिक प्रणालीलाई नयाँ ढंगले अनुसन्धान गरेर निष्कर्षमा पुगेको बताउदै नेपालका ज्योतिषशास्त्रीहरु अझै पुरानो ढाँचामा नै रहेको कृष्णमुर्ती ज्योतिष परिषदमा आवद्ध ज्योतिषहरुको बुझाई छ ।