बुटवल । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन् ।
सो बस दुर्घटनामा घाइते भएकाहरूलाइ देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार दाङबाट काठमाडौं आउँदै गरेको बा प्र ०३–००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका–८ भलुहीमा पल्टिएको थियो । मध्यरातमा अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन् । प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।
गम्भीर र मध्यम घाइते भएकाहरु
दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस ।
सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस ।
रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती र दायाँ घुँडामा चोट, अवस्था मध्यम ।
रोल्पाको गंगादेव–२ बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम ।
सल्यानको कपुरकोट–१ बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम ।
दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम ।
नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम ।
सामान्य घाइते भएकाहरु
सल्यानको कपुरकोट–५ बस्ने ७ वर्षीया दिपिका साहु ।
सल्यानको कपुरकोट–१ बस्ने ३५ वर्षीय प्रकाश राउत ।
सल्यानको बनगाड कुपिण्डे–९ बस्ने २४ वर्षीय तिलक बुढाथोकी ।
रोल्पाको होलेरी बस्ने ७ वर्षीय रण बहादुर चलाउने ।
नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २६ वर्षीय नवराज मोक्तान ।
नुवाकोटको बिदुर नगरपालिका– १० बस्ने एक वर्षीय विश्वास मोक्तान ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय शरद ओली ।
दाङको शान्तिनगर–३ बस्ने २७ वर्षीया समिक्षा गाहा ।
दाङको घोराही–९ बस्ने १७ वर्षीय राहुल शाह ।
दाङको घोराही उपमहानगरपालिका–९ बस्ने २० वर्षीया मनिका योगी ।
दाङको बबई गाउँपालिका–५ बस्ने २७ वर्षीया देबीका बि.एम (बुढामगर) ।
सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीय शिव नारायण रजत ।
सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीया ललिता देवी रजत ।