काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटनामा परेको हो ।