काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीहरूलाई आह्वान गर्नुभयो । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७ औं सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको वातावरण सहज बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालमा उत्पादित विद्धुत व्यापार अन्तर्राष्ट्रिय बजारमा पुगेको बताउनुभयो ।
उहाँले साना तथा मझौला उद्यमहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । उहाँले उद्यमशीलता भनेको व्यवसायी सुरू गर्नु मात्र नभइ नवप्रवर्तनलाई अंगाल्ने,विविधतालाई सघनीकरण गर्ने र समुदायले सामान गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताउनुभयो ।
दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला भएको उहाँको भनाइ छ ।

























