काठमाडौं । चीनले भूकम्प प्रभावित क्षेत्रका लागि दस करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दक्षिण एसिया मुलुकका लागि स्थापना गरिएको कोषबाट दस करोड बरारबरको राहत सामग्री दिने जानकारी दिएका हुन् ।
राहत सामग्रीमा टेन्ड र ब्लाङ्केट रहेको र उक्त सामग्री केही दिनमै प्रभावित क्षेत्रमा पुर्याइने राजदूत सोङको भनाइ छ । उनले बाँकी राहत सामग्रीहरू केही दिनमै नेपाल आइपुग्ने जानकारीसमेत दिएका छन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट कम्तिमा १५७ जनाको मृत्यु भएको छ भने १९७ जना घाइते भएका छन् । मृत्यु हुनेहरू जाजरकोट र रुकुम पश्चिमका रहेका छन् ।

























