धनगढी । सुदूरपश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी समितिले विभिन्न ६ वटा माग राख्दै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई त्रापन पत्र बुझाएको छ।
धनगढी उपमहानगरपालिकाले नदीजन्य पदार्थ संकलनका क्रममा कमजोरी भेटाएमा व्यवसायीबाट एक लाख जरिवाना लगाएको भन्दै आन्दोलित भएका ट्याक्टर व्यवसायीले जरिवानामा पुनर्विचार गरिनुपर्ने, नदीजन्य पदार्थ संकलन गर्दा बढाइएको शुल्कमा पुर्नविचार गरिनुपर्नेलगायतका माग राखेर प्रमुख जिल्ला अधिकारी कटेललाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा एक पटक रोयल्टी बुझाएर स्टक गरेको नदीजन्य पदार्थमा दोश्रो पकट रोयल्टी लगाउन नपाइने, ट्याक्टर व्यवसायीलाई धरापमा पार्ने गरी बढाएको कर खारेज गरिनुपर्ने, स्टक गरिएको नदीजन्य पदार्थको निर्विरोध विक्रि वितरण गर्न पाउनुपर्ने, दोहोरो कर हटाइनुपर्ने, ५ बजे अघिनै खोलामा प्रवेस गरेको ट्याक्टर विग्रेर ६ बजे भन्दापछि मात्रै खोलाबाट निस्कन सक्ने अवस्था भएमा त्यसता ट्याक्टरको रोयल्टी काट्ने व्यवस्था गरिनुपर्ने माग उल्लेख गरिएका छन्।
उपयुक्त मागहरू समाधानका गरी ट्याक्टर व्यावयासीलाई सहज रुपमा काम गर्ने वातावरण बनाइदिन समितिले ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ। समस्या समाधान नभएको खण्डमा भने कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न समिति बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ। व्यवसायीले गर्ने आन्दोलनको जिम्मा समितिले नलग्ने पनि पत्रमा उल्लेख छ ।
























