काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् ।
माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उनले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिएका हुन् ।
त्यस्तै सांसद पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाउँदै प्रतिनिधिसभाको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गरेका छन् ।
पौडेलले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन रु चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन । तर, तथ्यले त्यस्तो भन्दैन । सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो । सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’
सरकारले सदन प्रभावकारी बन्न नदिएको आरोप लगाउँदै उनले भने, ‘सदन प्रतिपक्षको हो भनेर दुनियाँभर मानिन्छ । प्रतिपक्षले उभिएर बोल्दा सत्तापक्षले ध्यान दिएर सुन्नुपर्छ । तर, यहाँ जायज माग भन्न र सुनाउनको लागि प्रतिपक्षले आवाज उठाएरमात्रै पुगेर बेल घेर्नुपर्ने अवस्था आयो । प्रतिपक्षको आवाजको सच्चाइलाई सुनेरमात्रै सदन अवरोधको स्थिति अन्त्य हुन्छ ।’
त्यस्तै उनले यो सरकार पूर्णत असफल भएको बताउँदै संसद यो सरकारको विकल्पको प्रतिक्षामा रहेको बताएका छन् ।