काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने समेत उनले बताए ।
पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको निगमले जनाएको छ ।

























