काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। दसैंपछिको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
तेजाबी सुन १ लाख १५ हजार ४५० पुगेको छ ।
चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

























