काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ विन्दुमा पुगेको हो ।
नेप्से दोहोरो अंकले घटेसँगै १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
होटल्स एन्ड टुरिजम र हाइड्रो उपसमूहको सूचक २ प्रतिशतले बढीले घट्यो । फाइनान्स,इन्भेस्टमेन्ट,माइक्रो फाइनान्स, म्युचुअय फण्डको सेयर मूल्य १ प्रतिशत बढीले ओरालो लाग्यो ।
२८४ स्क्रिप्टको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँमा किनबेच भए। यो साताको पहिलो कारोबार दिन आज २८४ स्टकको कारोबार हुँदा २२ स्टकको मात्रै मूल्य बढेको छ। ३ स्टकको मूल्य स्थिर रह्यो।
कारोबार रकमका आधारमा यसदिन प्रभु बैंकको संस्थापक सेयर शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी हाथवे इन्भेष्टमेन्टको ५ करोड बढीको सेयर खरिदबिक्री भयो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले बढ्यो। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइ मूल्य ७ प्रतिशत ३१ प्रतिशत,सुपर माइ हाइड्रोपावर ४.०४,कालिञ्चोक दर्शनको ३.९७ र सनराइज फोक्स्ड इक्वीटी फण्डको ३.८५ प्रतिशतले सेयर बढेर शीर्ष पाँचभित्र परे।
यसैगरी दुईवटा स्टकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

























