मोरङ । विराटनगरमा गएराति २० वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ गरेका छन् ।
आइतबार राति विराटनगर महानगरपालिका ३ मा पार्किङ गरेर राखेको ट्रकको आडमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्ने तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक भएको प्रहरीले जनाएको छ ।
१६ वर्षीय किशोर अर्को ट्रकमा काम गर्ने सहचालक भएका प्रहरीले जनाएको छ ।
बलात्कारको क्रममा पीडित युवती चिच्याएपछि उनीहरु भागेका थिए । स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरेको बताइएको छ ।






















