काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान हुन केहि समय लाग्ने बताएका छन् । मोरोक्कोको माराकेशमा सम्पन्न विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भइ आइतबार स्वदेश फर्किएका अर्थतन्त्री महतले त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या पूर्ववत अवस्थामा फर्काउन पनि केहि समय लाग्ने बताए ।
अहिले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत सुरु भइसकेको उनले बताए। अर्थमन्त्री महतले मारोक्कोको वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीबीच सामूहिक तथा द्विपक्षीय हितका विषयमा छलफल तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त भएको बताए ।

























