काठमाडौं । विश्वकप फुटवल छनोटको अन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल र लाओस १–१ गोलको बराबरी खेलका हुन् । मध्यान्तर अघिको खेलमा लाओसले १–० गोलको अग्रता लिको थियो । तर ४९ औं मिनेटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको थियो ।
खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । तर ४९ औं मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल गरे । एरिक विष्टको कर्नरमा विष्टले हेडमार्फत गोल गरेका हुन् ।
बराबरी गोल गरेपछि नेपालले लाओसमाथि लगातार दबाब बनाएको थियो । तर अर्को गोल भने थप्न नसकेपछि बराबरीमै चित्त बुझाउनु पर्यो ।