काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तर्राष्ट्रिय प्रोडक्टहरु बिक्री वितरण गर्दै आएको छ । दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दशैं स्कीम सार्वजनिक गरेको हो ।
लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दशैं स्कीम ल्याएको बताइएको छ ।
कम्पनीले दशैं स्कीम अन्तर्गत ब्याज नलाग्ने स्कीम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ ।
लेभनिङको दशैं स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ ।
यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रीक स्कुटर जित्न सक्नेछन् ।
कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ ।
बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रा. लि. ले जर्मन कम्पनीको द्ययकअज को मोटर भएको र सामसुङ्ग को लिथियम आयन ब्याट्री भएको १५० की मी रेन्ज भएको प्रोडक्ट हरु एक्सचेन्ज, फाइनान्स र क्यास को सुविधासहित बिक्रि वितरण गर्दै आएको छ । दशैं अफरमा शोरुम आयो लेभनिङ पायो अफरको लक्की ड्र मार्फत एक जनाले नयाँ इलेक्ट्रिक स्कुटर पाउन सक्ने छन् ।
नक्साल, भैंसेपाटी, भक्तपुर, बनेपा, जनकपुर, चितवन, बिर्तामोड, पोखरा, बुटवल लगायत मुख्य शहरहरुमा शोरुम रहेको सो कम्पनीले जनाएको छ ।
























