काठमाडौं । काठमाडौंको सुन्धारामा एक युवतीको शव भेटिएको छ । श्रीगुरु गेस्ट हाउसमा बसेकी २० वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएको प्रहरी वृत्त जनसेवाले जनाएको छ ।
ललितपुर इमाडोल घर भइ ८ असोजदेखि त्यहाँ बस्दै आएकी उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । पोष्टमार्टम र भिसेरा जाँचपछि मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ ।



















