काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम अर्थात आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिएका छन् ।
मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।
धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको पाण्डेले जानकारी दिएका छन् ।



















