काठमाडौं । बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको छ ।
इजरायलको युद्ध क्षेत्रबाट उद्धार गरी उनीहरुलाई सुरक्षित स्थानतर्फ लगिएको हो ।
बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालका अनुसार नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा रहेको र ११ जनामध्ये ३ जना छात्रा थिए । दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको उनले जानकारी दिएका छन् ।
रिजालका अनुसार हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते अवस्थामा छन् ।

























