काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मोसो दलिएको छ । काठमाडौंको जमलस्थित एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले मोसो दलेका हुन् । कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन ।
प्रसाईलाई उद्दार गरेर दरवारमार्ग वृत्तमा लगिएको छ भने कसले किन मोसो दल्यो भन्ने जानकारी आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोसो दल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
























