काठमाडौं । दशैंका लागि घर आउन जान तथा घुमफिरका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् पुरानै भाडादरमा टिकट बुकिङ खुलेको हो ।
विगतमा दशैं आउनुभन्दा एक महिना अगाडिबाट नै बुकिङ खुला हुँदै आएको थियो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।























